Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०८, २०८१
Thursday, February 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि एयर बुसानद्वारा सञ्चालित एयरबस विमानमा आगलागी भएको छ। हङकङका लागि उड्ने तयारी गरिरहेको विमानको पछाडिका भागहरूमा लागेको आगो नियन्त्रणमा ल्याइएको छ।

यातायात मन्त्रालयका अनुसार विमानमा रहेका १६९ यात्रु, छ जना चालकदलका सदस्य र एक इन्जिनियरलाई आपतकालीन स्लाइडको प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ। उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको राष्ट्रिय अग्नि नियन्त्रण निकायले जनाएको छ। दमकल परिचालन गरी स्थानीय समयानुसार राति ११ः३१ बजे आगो पूर्ण रूपमा निभाइएको थियो। हालसम्म आगलागीको कारण पत्ता लाग्न सकेको छैन। मन्त्रालयले आगलागी भएको विमान ए३२१ मोडेलको रहेको पुष्टि गरेको छ।

यो घटना दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रु विमान दुर्घटना भएको एक महिनापछि भएको हो। डिसेम्बर २९ मा भएको उक्त दुर्घटनामा १८१ यात्रु सवार विमान धावनमार्गबाट चिप्लिएर आगलागी भएको थियो। जसमा दुई थाई नागरिक बाहेक सबै पीडित दक्षिण कोरियाली थिए। प्रारम्भिक अनुसन्धान अनुसार, उक्त दुर्घटना विमानको इन्जिनमा चराहरू ठोक्किएको कारण भएको हुनसक्ने अधिकारीहरूले बताएका छन्।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया