Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०८, २०८१
Thursday, February 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजका हरेक क्षेत्रमा सुधार आवश्यक रहेको बताउँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने उल्लेख गरेका छन्। नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५ को उद्घाटनसत्रमा सम्बोधन गर्दै उनले इमानदारिता र कर्तव्यनिष्ठता अपनाएर मुलुकलाई अव्यवस्था र गरिबीबाट मुक्त गर्नुपर्ने बताए।

उनका अनुसार, लोकतन्त्र जनताको सहभागिता र राजनीतिक दलहरूको नेतृत्वमा स्थापित भएकाले अब शान्ति, सुशासन र समृद्धिका लागि सबै कटिबद्ध हुनुपर्छ। सांसदहरूले कानुन निर्माण गर्दा जनताको हितलाई ध्यान दिनुपर्ने र सरकारले आफूलाई सर्वेसर्वा ठान्ने भ्रम त्याग्नुपर्ने उनको भनाइ थियो। साथै, सरकारले सुशासन, भ्रष्टाचारमुक्त प्रशासन, र समृद्ध नेपाल निर्माणका लागि पहल गरिरहेको उल्लेख गर्दै कानुन व्यवसायीहरूको सक्रिय साथ रहने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्ष कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै युवा कानुन व्यवसायीहरूको न्यूनतम भन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए। उनले सरकार कानुन व्यवसाय र युवाहरूको पक्षमा रहेको स्पष्ट गर्दै आवश्यक कानुनी सुधारका लागि पहल गर्ने आश्वासन दिए। कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए भने युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया