Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०८, २०८१
Thursday, February 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नवलपरासी (बर्दघाट सुस्तापूर्व)स्थित त्रिवेणीधाममा माघे औँसीको अवसरमा हजारौँ श्रद्धालु स्नानका लागि उपस्थित भएका छन्। आज बिहानैदेखि त्रिवेणीधाममा भक्तजनहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ। नेपालका विभिन्न स्थानका साथै भारतको बिहार र उत्तर प्रदेशबाट समेत भक्तजनहरू मेलामा सहभागी हुन आएका छन्।

जनविश्वासअनुसार, माघे औँसीको दिन त्रिवेणीधाममा स्नान गरी सूर्यको पूजा गरेमा इच्छित फल प्राप्त हुने र पितृहरूलाई मोक्ष मिल्ने मान्यता छ। मेलाको उचित व्यवस्थापनका लागि विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको नेतृत्वमा उपसमिति गठन गरिएको छ। साथै, शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी बलसहित सुरक्षाकर्मी परिचालित गरिएको छ।

“स्वर्ण भद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीका घाटहरू स्नानका लागि व्यवस्थित बनाइएको छ”, वडाध्यक्ष शाहले भने, “नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को लागेको छ ।” श्रद्धालुहरु गएराति जागा भएर आज स्नानपछि पूजाअर्चना गरेर गन्तव्यतर्फ लागेका छन् ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया