Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले व्यापक जनविरोधका बीच पदत्याग गरेका छन्। नोभेम्बरदेखि जारी देशव्यापी प्रदर्शनलाई नियन्त्रण गर्न नसकेपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।

नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रहेको रेलवे स्टेशनको छतको एक हिस्सा भत्किँदा १५ जनाको ज्यान गएको थियो। यस घटनापछि सरकारविरुद्ध व्यापक प्रदर्शन सुरु भयो। नागरिकहरूले दुर्घटनाको जिम्मेवारी सरकारलाई दिनु पर्ने भन्दै निरन्तर सडक आन्दोलन गरे।

प्रदर्शनकारीहरूले रेलवे स्टेशन पुनर्निर्माण परियोजनामा भएको भ्रष्टाचार नै दुर्घटनाको मुख्य कारण भएको आरोप लगाए। नोभी साद घटनामा संलग्न भएको आशंकामा १३ जनालाई भ्रष्टाचार मुद्दा लाग्दा पूर्व यातायातमन्त्री गोरान भेसिकसमेत मुछिएका थिए। उनले केही दिनमै पदबाट राजीनामा दिए पनि आन्दोलन रोकिएन।

विशेषगरी विद्यार्थीहरूले विरोध प्रदर्शनलाई सशक्त बनाएका थिए। उनीहरूले हरेक दिन बिहान ११:५२ बजे १५ मिनेटका लागि देशभर सवारी साधनको आवागमन रोक्ने गर्थे। लगातारको जनआक्रोशपछि प्रधानमन्त्री भुसेभिकले अन्ततः पद त्याग गरेका छन्।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया