Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सोमाथि महाभियोग लगाउने पक्षमा मतदान भएको छ । उनलाई त्यहाँका राष्ट्रपति यून सुक यउललाई महाभियोग लगाइएपछि दुई साताअघि मात्र कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनलाई महाभियोग लगाउने पक्षमा कुल १९२ जना सांसदले मतदान गरे । दक्षिण कोरियामा राष्ट्रपतिलाई महाभियोग लगाउनका लागि १५१ भन्दा बढी मतको आवश्यकता पर्छ । प्रधानमन्त्री रहेका हान डक सोलाई राष्ट्रपति यून सुक यउललाई महाभियोग लगाइएपछि कार्यवाहक राष्ट्रपति बनाइएको थियो । सुकलाई उनले यही डिसेम्बर ३ मा ‘मार्शल ल’ घोषणा गरेपछि हटाइएको थियो ।

हानले देशमा उत्पन्न भएको राजनीतिक सङ्क्रमणका बेला नेतृत्व गर्ने ठानिएको थियो । तर विपक्षी सांसदहरूले उनले यउलमाथिको महाभियोग प्रक्रियालाई अन्त्य गर्न अस्वीकार गरिरहेको आरोप लगाएका छन् । शुक्रवार संसद्‌मा मतदान हुँदै गर्दा त्यहाँ अराजक खालको दृश्य देखिएको थियो ।

यउल र हानको सत्ताधारी सत्ताधारी पीपल्स पावर पार्टीका सांसदहरूले सभामुखले महाभियोग प्रस्ताव पारित गर्न १५१ मत मात्र आवश्यक परेको घोषणा गरेपछि विरोध गरेका थिए । त्यसको अर्थ यउललाई महाभियोग लगाएर हटाउन आवश्यक परेको २०० मतको आवश्यकता यसपालि पर्दैन भन्ने हो र त्यो सत्ताधारी दलका सांसदविनै पुग्ने अवस्था बन्थ्यो ।

सत्ताधारी दलका सांसदहरूले महाभियोगको पक्षमा भएको मतदातको बीचमै ‘अवैध’ भन्दै नारा लगाएका थिए । उनीहरूले उक्त कार्यलाई ‘शक्तिको दुरुपयोग’ पनि भने । सत्ताधारी दलका सांसदहरूले सभामुखको राजीनामा माग गरेका थिए । उनीहरूमध्ये अधिकांशले मतदान बहिष्कार गरेका छन् । बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया