Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं –  जर्मनीको पूर्वी भागमा अवस्थित माग्डबर्ग सहरको एक क्रिसमस बजारमा तीव्र गतिमा रहेको एउटा कार मानिसहरूको भीडमा जोतिँदा एक शिशुसहित कम्तीमा दुईजना मानिसहरूको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार ६८ जना मानिसहरू घाइते छन् जसमध्ये कम्तीमा १५ जना गम्भीर अवस्थामा छन् । सन्दिग्ध हमलाकारी एक ५० वर्षीय साउदी चिकित्सक रहेको साक्सनी अनहल्ट राज्यका प्रमुख राइनर हाजलफले जनाएका छन्।  ती व्यक्ति पक्राउ हुँदाको क्षण भिडिओ फुटेजमा देखिन्छ ।

एकजना प्रत्यक्षदर्शीले उक्त हमला भएपछिको अवस्थालाई भद्रगोलपूर्ण बताएका छन् । सन् २००६ यता जर्मनीमा बसिरहेका ती सन्दिग्ध व्यक्तिसँग त्यहाँको स्थायी आवास अनुमति रहेको प्रहरीले जनाएको छ । स्थानीय अधिकारीहरूले त्यो नियतवश गराइएको हमला हुनसक्ने आशङ्का गरेका छन् ।

हमला गर्नु पछाडिको कारण अझै प्रस्ट नभईसके तापनि प्रहरीले उनी एक्लै त्यसमा संलग्न भएको देखिएको जनाएको छ । अहिलेसम्म उनको कुनै इस्लामिक अतिवादी संलग्नता थाहा भएको छैन । जर्मन चान्सलर ओलाफ शोल्ट्स शनिवार माग्डबर्ग पुग्दैछन् । साउदी अरबको विदेश मन्त्रालयले उक्त हमलाको निन्दा गरेको छ । बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया