Deneme Bonusu Veren Siteler
बुधबार, पौष ०३, २०८१
Wednesday, December 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सहकारीका रकम ठगी, अपचलन र हिनामिना गर्नेहरू कुनै हालतमा उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्। बुधबार बिहान नेपाल प्रेस युनियनद्वारा रुपन्देहीमा आयोजित पत्रकार भेटघाटमा उनले सहकारीका रकम दुरुपयोग गर्ने सयौं व्यक्तिहरू कारबाहीमा परिसकेको जनाउँदै आगामी दिनमा पनि कसैले उन्मुक्ति नपाउने बताए। सहकारी अपचलनका मुद्दामा कारबाही भएको भए पनि केवल एक व्यक्तिका विषयमा मात्र चर्चा भइरहेकोप्रति उनले असन्तुष्टि जनाए।

मन्त्री लेखकले, चितवनबाट पोखरा लैजाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको समेत प्रष्ट पारे। उनले मजदुरी, ठेला चलाउने, मकै पोल्ने जस्ता मेहनत गरी जम्मा गरिएको रकम हिनामिना गर्नेहरूले भिड जम्मा गरेर न्यायका कुरा गर्नु अनैतिक हुने भनेर उनले धारणा राखेका थिए।

 

 

तपाईको प्रतिक्रिया