Deneme Bonusu Veren Siteler
बुधबार, पौष ०३, २०८१
Wednesday, December 18, 2024

काठमाडौं – सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारी ठग जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले संसदीय विशेष समितिले दिएको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढेको र सहकारी ठग जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताएका हुन् ।

ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरूले प्रतिवेदनमा उल्लेख गरेको र हाल सरकारले उनीसहित ज्योतिबहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी गरिसकेको बताए । सहकारी ठगी आरोपमा फरार गितेन्द्रबाबु राई (जीबी)को राहदानी समेत रोक्का भइसकेको उनको भनाइ छ ।

उनले रवि लामिछानेलाई सरकारले नभएर सोही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भन्दै न्यायालयको आदेशलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध प्रदर्शनलाई उनले अनैतिक, अराजनीतिक र गैरजिम्मेवार कामको संज्ञा दिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया