Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०१, २०८१
Monday, December 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले आफ्ना पूर्वमेयर पी.एल. सिंहको निधनको सम्मानस्वरूप आज (सोमबार) शोक बिदा प्रदान गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले मेयर सिंहले महानगर र समाज सेवामा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै यो निर्णय गरिएको जानकारी दिएका छन्। सिंहले काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिकामा उन्नति गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

महानगरपालिकाले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेको छ, “पूर्वप्रमुख पी.एल. सिंहको निधनले काठमाडौं महानगरपालिका परिवारलाई गहिरो दुःख परेको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, आज महानगर र यस अन्तर्गतका कार्यालयमा अत्यावश्यक सेवाबाहेक शोक बिदा रहनेछ।” नेपाली कांग्रेसका ८७ वर्षीय नेता सिंह पेटसम्बन्धी रोगको उपचार गराइरहेका थिए। उहाँको आज बिहान निधन भएको थियो।

 

 

तपाईको प्रतिक्रिया