काठमाडौं – ओपनएआईका एक अनुसन्धानकर्ता सुचिर बालाजी सान फ्रान्सिस्कोस्थित आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार, उनीसँग सम्बन्धित एक उजुरीपछि अनुसन्धान थालिएको थियो । त्यस क्रममा नोभेम्बर २६ मा उनको शव फेला परेको हो ।
सान फ्रान्सिस्कोका मेडिकल एग्जामिनरले घटनाको कारण आत्महत्या रहेको पुष्टि गरेको छ । सुचिर बालाजीलाई ओपनएआई भित्रका गोप्य कुराहरू सार्वजनिक गर्ने ‘व्हिसलब्लोअर’का रूपमा चिनिन्थ्यो । पछिल्ला महिनाहरूमा उनले कम्पनीका क्रियाकलापहरूप्रति खुलेर असन्तुष्टि जनाउँदै आएका थिए । अक्टोबरमा उनले न्यूयोर्क टाइम्ससँगको एक अन्तर्वार्तामा ओपनएआईले अमेरिकी प्रतिलिपि अधिकार कानून उल्लङ्घन गरेको दाबी गरेका थिए ।
उनका खुलासाहरूपछि कम्पनीले डेटा सङ्कलन प्रक्रियासम्बन्धी धेरै कानुनी चुनौतीहरूको सामना गरिरहेको छ । सुचिरको मृत्युले प्रविधि जगतमा बहसको विषय थपेको छ ।