Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर २९, २०८१
Saturday, December 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह दाङ पुगेका छन्। उनले आफ्नी श्रीमती कोमल र छोरी प्रेरणासँगै तुलसीपुरमा विभिन्न धार्मिक तथा स्मृतिपूर्ण क्रियाकलापमा सहभागिता जनाएका थिए। तुलसीपुरमा रहेको वीरेन्द्र चोकमा पूर्वराजा ज्ञानेन्द्रले आफ्नो दाजु, राजा वीरेन्द्रको शालिकमा माल्यार्पण पनि गरे।

त्यसपछि होटल वेष्टर्न प्यालेसको प्राङगणमा सर्वसाधारण र शुभचिन्तकहरूसँग भेटघाट गरे। उनको आगमनका क्रममा समर्थकहरूले नाराबाजी पनि गरेका थिए। ज्ञानेन्द्रले धारापानीस्थित पाण्डबेश्वर महादेव मन्दिरमा पुगेर पूजा-अर्चना गरे। यो मन्दिरमा केही वर्षअघि विश्वकै अग्लो त्रिशूल स्थापना गरिएको छ। ज्ञानेन्द्रको आगमन व्यवस्थापनको जिम्मा पूर्व सांसद गंगा चौधरीले लिएकी थिइन्। पूजा र भेटघाटपछि उनी घोराही हुँदै लमहीतर्फ लागेका छन्।

 

 

तपाईको प्रतिक्रिया