समाचार सुन्नुहोस :
काठमाडौँ – रुसले सन्देश आदान-प्रदान गर्ने लोकप्रिय एप भाइबरमाथि प्रतिबन्ध लगाएको छ। यो निर्णय आतंकवाद प्रवर्द्धन गरेको आरोपमा गरिएको बताइएको छ।
रुसी सञ्चार माध्यम आरटीका अनुसार भाइबरले आपत्तिजनक सामग्री रोक्न र सम्बद्ध आग्रहलाई बेवास्ता गरेको भन्दै प्रतिबन्ध लगाइएको हो। साथै, १ करोड ७० लाख उपयोगकर्ता भएको यो एपले १८ लाख रुबलको जरिवाना तिर्न अस्वीकार गर्नु पनि प्रतिबन्ध लगाउनुको अर्को कारण बनेको छ।
रुसमा यसअघि पनि एक्स (ट्विटर), फेसबुक र इन्टाग्रामजस्ता अमेरिकी एपहरू बन्द गरिएको थियो। यी प्रतिबन्धहरू २०२२ को फेब्रुअरीमा भएको युक्रेन आक्रमणपछि लागू भएका थिए।