समाचार सुन्नुहोस :
काठमाडौँ – सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा ५४ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ।
सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं हुँदै पोखरा हवाई मार्गबाट लैजान तयारी गरिएको छ। सोमबार बेलुका पर्सा पुर्याइएका लामिछानेको मंगलबार बयान लिइसकिएको थियो। यसअघि उनको बयान कास्की, रूपन्देही, काठमाडौं र चितवनमा पनि लिइएको थियो।
यसै प्रकरणमा संलग्न गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाललाई स्थलमार्गबाट पर्सा पु-याएर पुनः पोखरा लगेको प्रहरीले जनाएको छ। पर्सा जिल्ला अदालतले मङ्सिर १९ गते लामिछानेसहित गोर्खा मिडियाका जोशी र अन्य १४ जनालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो।