Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

काठमाडौं – दक्षिण कोरियाका सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोग प्रक्रिया अघि बढाएका छन् । मंगलबार राति राष्ट्रपतिले चकित पार्नेगरी मार्सल कानुन लागू गरेपछि उत्पन्न विवादका कारण यो कदम चालिएको हो ।

यद्यपि, उनको निर्णय केही घण्टामै खारेज भएको थियो । राष्ट्रपतिको घोषणापछि, केही सांसदहरू संसद् भवनभित्र प्रवेश गर्न सुरक्षाकर्मीका अवरोध पार गर्दै भित्र पुगेका थिए । एक सांसदले त पर्खाल चढेर प्रदर्शनकारीको सहयोगमा संसद् भवनमा प्रवेश गरेको बताएका छन् । राष्ट्रपतिको निर्णय रोक्न तत्कालै संसद्मा मतदान भएको थियो, जसमा उपस्थित १९० सांसदहरूले एकमतले मार्सल कानुन खारेज गर्न समर्थन गरेका थिए । त्यसपछि, राष्ट्रपतिले आफ्नो निर्णय उल्ट्याउन बाध्य भएका थिए ।

बुधबार सांसदहरूले यस घटनालाई गम्भीरतापूर्वक लिँदै महाभियोगको प्रक्रिया सुरु गरेका छन् । राष्ट्रपति युनले मार्सल कानुन लागू गर्नुको कारण ‘उत्तर कोरियाको कम्युनिष्ट शक्तिहरू र राज्यविरोधी तत्वहरूसँग जुध्न आवश्यक भएको’ दाबी गरे पनि उनको यो कदमलाई घरेलु राजनीतिक दबाब र घोटालाहरूको प्रतिक्रियाका रूपमा हेरिएको छ ।

अब संसद्ले महाभियोग प्रस्तावमा मतदान गर्नेछ। यदि दुई तिहाई बहुमतले महाभियोग पारित गर्‍यो भने, मुद्दा संवैधानिक अदालतमा पेश हुनेछ । अदालतले पनि महाभियोगलाई वैध ठहर गरेमा ६० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेछ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया