Deneme Bonusu Veren Siteler
बिहिबार, मंसिर २०, २०८१
Thursday, December 5, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले नेपालभित्र एक महिनामै ५० करोड ग्रस कलेक्सन गरेको छ। विदेशमा थप २५ करोड कमाइ गरेको यो फिल्मले नेपाली बक्स अफिसमा नयाँ इतिहास बनाएको छ। निर्देशक सरोज पौडेलका अनुसार फिल्म पाँचौं हप्तामा पनि दर्शकको माया पाउन सफल भएको छ।

फिल्मको अपार सफलताले विदेशी फिल्महरू ‘सिंघम अगेन’ र ‘भुलभुलैया २’ लाई छायामा पारेको छ भने केही नेपाली फिल्महरूको प्रदर्शन मिति पनि पछि सार्न बाध्य बनाएको छ। ‘पूर्णबहादुरको सारंगी’ का गीतहरू ‘रैया चाँदीको’, ‘काँधेकुरी’ र ‘चरी’ सामाजिक सञ्जालमा चर्चित छन्। ‘रैया चाँदीको’ युट्युबमा डेढ करोड भ्युज पार गर्दा ‘काँधेकुरी’ पनि करोड क्लब नजिक छ।

फिल्मको कथा पश्चिम पहाडका गाइने समुदायका बाबुछोराको वरिपरि घुम्छ। विजय बराल र अञ्जना बराइलीको अभिनयले प्रशंसा पाएको छ। सरोज पौडेलद्वारा निर्देशित यो फिल्म १ करोड ३० लाखमा निर्माण भएको हो। फिल्मको कथा पश्चिम पहाडका गाइने समुदायका बाबुछोराको वरिपरि घुम्छ। विजय बराल र अञ्जना बराइलीको अभिनयले प्रशंसा पाएको छ। सरोज पौडेलद्वारा निर्देशित यो फिल्म १ करोड ३० लाखमा निर्माण भएको हो।

 

 

तपाईको प्रतिक्रिया