Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १७, २०८१
Monday, December 2, 2024

काठमाडौं – नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयाँल र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच आपराधिक सम्बन्ध रहेको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुबैलाई संगठित अपराधमा जोडेर अनुसन्धान अघि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको एक टेलिकम कम्पनीमा ३२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको भन्दै भिडिओ सार्वजनिक गरेका दुर्गा प्रसाईँलाई मंसिर ४ गते सीआईबीको टोलीले पक्राउ गरेको थियो । प्रहरीको साइबर ब्युरोले पनि उनको गतिविधिमा निगरानी गरिरहेको छ ।

झापाको मेचीनगर नगरपालिका-१३, चारआलीका ३६ वर्षीय फुयाँललाई भारतबाट पक्राउ गरिएको थियो । फुयाँलले भारतीय अपराधी लरेन्स बिश्नोईको नाममा नेपाली व्यवसायीहरूलाई धम्की दिने र दुर्गा प्रसाईँसँग माफी माग्न चेतावनी दिने गरेका थिए । प्रहरीले फुयाँलको गतिविधिमा दुर्गा प्रसाईँको संलग्नता रहेको प्रमाण पाएपछि दुबैलाई संगठित अपराधको मुद्दामा तान्ने तयारी गरेको छ ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, फुयाँल र प्रसाईँबीच निरन्तर फोन सम्पर्क रहेको देखिएको छ। फुयाँलले प्रसाईँकै निर्देशनमा व्यवसायीहरूलाई धम्क्याएको स्वीकार गरेका छन् । ‘प्रसाईंकै निर्देशनमा व्यवसायीलाई धम्की दिने गरिएको खुलेको छ। यो प्रकरण संगठित अपराधको दायरामा पर्ने देखिन्छ,’ बोगटीले भने ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया