Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र पूर्व गृहमन्त्री रवि लामिछानेसँग स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयान लिएको छ। कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको रकम ठगी गरेको आरोपमा लामिछानेलाई कास्कीबाट बिहीबार काठमाडौँ ल्याइएको थियो। बयान नसकिएसम्म उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ।

अनुसन्धानका क्रममा रवि र उनका साझेदार जीबी राईले सहकारीबाट ठूलो रकम झिकेको कागजात भेटिएको छ। सहकारीको छाप र बुझिलिनेको हस्ताक्षर नदेखिएको अवस्थामा ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँको ऋण लिई रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरिएको प्रमाण फेला परेको छ। यो प्रकरणमा हालसम्म ६८० जना पीडितले १ अर्ब ११ करोडभन्दा बढी रकमको बिगो दाबी गरेका छन्। छवि लाल जोशीसहित पाँच आरोपी पक्राउ परिसकेका छन्। जीबी राई भने अझै फरार छन्। प्रहरीले ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायत चार कसूरमा अनुसन्धान गरिरहेको छ।

लामिछानेको बयान काठमाडौँपछि चितवन र पर्सामा गरिने तयारी छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानले कानूनी रूपमा ९० दिनसम्म थुनामा राख्ने अनुमति दिने भएकोले पक्राउ परेका प्रमुख अभियुक्तहरूको हिरासत अवधि अझै थपिने सम्भावना रहेको छ।

 

 

तपाईको प्रतिक्रिया