काठमाडौं – हाल प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेखेका छन् । उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, ‘हिरासत नजाँदा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरूप उपहार दिन कतिबेला भर्याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ। अन्ततः हिरासतमा आइसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ अनि एकाग्र र अनगिन्ती प्रश्नले मन पिरोलिँदो रहेछ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको दाबी गरेका छन् । उनले आफूले सार्वजनिक गरेको प्रमाण १०० प्रतिशत सत्य भएको दाबी गर्दै यसबारे छानबिनको माग समेत गरेका छन् ।