Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएपछि गत असारमा उनी प्रतिनिधि सभाको सचिव बनेका थिए ।

तर उनले स्वास्थ्यको कारण देखाउँदै आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबारबाट लागू हुनेगरी राजीनामा बुझाएका छन् । ‘स्वास्थ्यको पनि समस्या भयो । अनि मैले पदबाट राजीनामा दिएको हुँ’ अधिकारीले भने । सचिवबाट अवकास पाएपछि उनी समान पदमै फेरि नियुक्त भएका थिए । नियुक्तिको केही समयपछि देखि नै अधिकारी उक्त पदको काममा रमाएका थिएनन् ।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा छन् । सभामुख विदेश भएका बेला सचिव अधिकारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया