Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

मुम्बई – यस वर्षको बहुप्रतिक्षित बलिवुड फिल्म ‘पुष्पा-२’ डिसेम्बर ५ मा रिलिज हुँदैछ । गत आइतवार ‘पुष्पा-२’ को ट्रेलर बिहारको पटनामा विशेष कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो ।

पुष्पा-२ को ट्रेलर पहिलो २४ घण्टामा युट्युबमा तेस्रो धेरै हेरिएको ट्रेलरमा परेको छ । यसलाई २४ घण्टामा १०२ मिलियन अर्थात १० करोड २० लाख मानिसहरूले हेरेका छन् भने अहिलेसम्म १५ करोड भन्दा बढीले हेरेका छन् ।

‘पुष्पा २’ को ट्रेलरले युट्युबमा दर्शकको सङ्ख्यामा सोचेभन्दा बढी दर्शक पाएको छ । ट्रेलरको हिन्दी संस्करणले मात्र पहिलो २४ घण्टामा ४९ मिलियन भ्युज पाएको छ । तेलुगु ट्रेलरले ४४ मिलियन भ्यूज पाएको छ भने तमिल, कन्नड र मलायालम लगायत अन्य भाषाहरूले पनि राम्रो संख्यामा दर्शकहरूलाई आकर्षित गरेको छ । तमिल ट्रेलरले ५२ लाख भ्यूज पाएको छ ।

कन्नड र मलयालम दुवै भाषामा ट्रेलरले १९ लाख भ्युज पाएको छ । यसरी ट्रेलरले भ्युजको हिसाबले १०० मिलियनको आँकडा पार गर्दै सबैभन्दा धेरै हेरिएको तेस्रो भारतीय फिल्मको ट्रेलर बनेको छ ।

यसअघि २४ घण्टामा प्रभासको फिल्म सलारको ट्रेलरलाई ११३ मिलियनले हेरेका थिए भने केजीएफ-२ को ट्रेलरलाई १०६.५ मिलियनले हेरेका थिए ।

अल्लु अर्जुनको यो फिल्म ५ डिसेम्बर २०२४ मा हलमा रिलिज हुनेछ । यो प्यान इन्डिया स्तरमा रिलिज हुँदैछ। यो सन् २०२१ मा रिलिज भएको पुष्पाको सिक्वेल हो । यस अफिल्म्मा अल्लु अर्जुन र रश्मिका मन्डन्नासहित साई पल्लवी र फहद फासिल पनि महत्वपूर्ण भूमिकामा छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया