Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले औषधि वितरण गर्दा सेतो एप्रोन अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था लागू गरिने भएको छ। नेपाल फार्मेसी परिषद्ले सूचना जारी गर्दै सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा काम गर्ने फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन लगाउनुपर्ने नियम लागू गरेको हो।

परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेका अनुसार यो नियमको पालना नगर्ने फर्मासिष्ट र सहायकहरूमाथि परिषद्को आचारसंहिताविपरीत काम गरेको ठहर गरी कारबाही प्रक्रिया अघि बढाइनेछ। उनले भने, “ड्रेसकोडको पालना भए-नभएको परिषद्बाट नियमित अनुगमन हुनेछ । पालना नभएको अवस्थामा परिषद्को नियमावली, २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ ।”

फार्मेसी परिषद् ऐनको दफा ९ को उपदफा (क) को प्रावधानअनुसार, फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो अक्षरले नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख गरिएको एप्रोन लगाउनुपर्नेछ। त्यस्तै, फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बरसहितको एप्रोन अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया