समाचार सुन्नुहोस :
काठमाडौँ – बुधबार सहकारी पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा भेला भएर आन्दोलन गरेका छन्। आन्दोलनमा सहभागि हुनका लागि विभिन्न ठाउँबाट मानिसहरु भेला भएका थिए। प्रदर्शनको क्रममा सहकारी पीडितहरू र प्रहरीबीच झडप भएको छ। सहकारीमा गरेको बचत फिर्ताको माग गर्दै प्रदर्शन गरिरहेका पीडितहरू बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोक्न प्रयास गरेपछि झडप भएको हो।
झडपका क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्। सहकारीमा थुप्रिएको रकम फिर्ता गर्नुपर्ने मागसहित पीडितहरू सडकमा उत्रिएका थिए।