Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हिजो ५१ अङ्कले घटेको शेयर बजार आज बुधबार सामान्य बढेको छ। आज नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ । आज कुल ३२३ कम्पनीका एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ९ करोड २८ लाख बराबरको कारोबार भएको थियो ।

कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्तका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, गुराँस लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ३२ करोड ८१ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकास कपनिको सबै भन्दा बढी ७ लाख ६४ हजार ५१९ कित्ता शेयर कारोबार भएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया