Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण माग गरेको छ। सांसद बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि कमिसन खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिहरूको सम्बन्धमा पार्टीले स्पष्टीकरण माग गरेको हो।

पार्टीले उनलाई बुधबारसम्म लिखित रूपमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले उनलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मौखिक रूपमा पनि स्पष्टीकरण लिएका छन्।

गत साता मन्त्री पाण्डेले बजगाईंविरुद्ध अनुशासन कारबाहीको माग गर्दै पार्टीमा उजुरी दर्ता गराएका थिए। पार्टीले यो विषयलाई गम्भीरतापूर्वक लिँदै छानबिन अघि बढाएको छ।

तपाईको प्रतिक्रिया