समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार शुक्रबार मध्यरातदेखि लागू हुने गरी प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाइएको हो।
नयाँ मूल्य अनुसार, डिजेल र मट्टितेलको पहिलो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५२ रुपैयाँ र तेस्रो वर्गका लागि १५३ रुपैयाँ तोकिएको छ।
निगमले डिपो स्थानका आधारमा वर्गीकरण गरेको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी, र वीरगञ्ज डिपोलाई पहिलो वर्गमा राखिएको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा छन् भने काठमाडौं, पोखरा, र दिपायल तेस्रो वर्गमा समेटिएका छन्। पेट्रोलको मुल्य भने यथावत रहेको निगमले जनाएको छ ।