Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं –  एन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्पोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र सिंगापुर लगायतका एयरलाइन्सहरूले बुधबार इन्डोनेसियाको रिसोर्ट टापु बाली जाने उडानहरू रद्द गरेका छन् ।

ज्वालामुखीले विमानस्थल नजिकैको आकाशको केही किलोमिटर टाढादेखि खरानीले टावरलाई ढाकेपछि उडानहरू रद्द गरिएको एयरलाइन्सहरूले जनाएका छन् । अष्ट्रेलियाको जेटस्टार, क्वान्टास र भर्जिन अष्ट्रेलियाले फ्लोरेस टापुको माउन्ट लेवोटोबी लाकी-लाकीले एक दिन अघि सबै उडानहरू रद्द गरेका थिए ।

मलेसिया एयरलाइन्स, एयर एसिया, भारतीय इन्डिगो र सिंगापुरको स्कुट एयरलाइन्सले पनि बुधबार उडानहरू रद्द गरेको एएफपीलाई प्राप्त सूचनामा उल्लेख छ । हवाई मार्गको वरपर ज्वालामुखीको खरानी फैलिएका कारण विमानको सुरक्षित सञ्चालनमा खतरा खडा भएपछि उडान रद्द गर्ने घोषणा एयर एसियाले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया