समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) देखि नियमित काममा फर्किने भएका छन्। ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काममा फर्किन सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
ज्वरो आएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो। अब आजबाट भने ओली नियमित काममा फर्किन लागेका हुन्।