Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै कास्की प्रहरीले अदालतमा म्याद थपको माग गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीको आग्रहमा अनुसन्धान जारी राख्न कास्की जिल्ला अदालतमा २५ दिनको थप म्याद माग गरिएको हो।

तर, रवि लामिछानेको पक्षमा रहेका अधिवक्ताहरूले भने अनुसन्धान पूरा भइसकेकाले उनलाई छोड्नुपर्ने माग राखेका छन्। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविको तर्फबाट अधिवक्ताहरूले बहस गरेका छन् भने पीडितको तर्फबाट सरकारी वकिल र अधिवक्ता युवराज पराजुलीले बहस गरेका छन्।

म्याद थप गर्ने या नगर्ने विषयमा पक्ष र विपक्षको बहस सकिएको भए पनि न्यायाधीशले निर्णय सुनाउन बाँकी छ। लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया