Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

टोकियो – जापानको कन्साई अन्तर्राष्ट्रिय विमानस्थलले ‘वर्ल्ड्स बेस्ट एयरपोर्ट फर ब्यागेज डेलिभरी’को उपाधि पाएको छ । जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलहरूमध्ये एक कन्साईलाई बेलायतको एयरपोर्ट रेटिङ संस्था ‘स्काईट्राक्स’ले ब्यागेज डेलिभरीमा विश्वकै उत्कृष्ट विमानस्थल’को उपाधि दिएको हो ।

ओसाका र क्योटो क्षेत्रलाई सेवा दिने यो विमानस्थलमा तीन दशकयता कुनै सुटकेस, गल्फ क्लबको सेट, स्ट्रोलर वा अन्य कुनै सामान हराएको छैन । तर यसको कर्मचारीहरूले यसलाई खासै ठूलो कुरा ठानेका छैनन् । ‘हामी केवल आफ्नो कामको प्रक्रिया र नियमअनुसार चल्छौं र जुन गर्नुपर्ने हो, त्यही गर्छौं,’ कन्साई विमानस्थलमा काम गर्ने सीकेटीएस कम्पनीका सुपरवाइजर सुयोशी हाबुताले भने ।

हाबुता र उनको टोलीले प्रत्येक दिन ३ हजारभन्दा बढी सामानहरूलाई निकै ध्यानपूर्वक ह्यान्डल गर्छन् । हाबुता भन्छन्, ‘हामीले सुटकेसहरूलाई नरम तरिकाले ह्यान्डल गर्छौं ताकि कुनै झट्का नपरोस् । सुटकेसका ह्याण्डलहरू यात्रुहरूले सजिलै लिन मिल्ने तरिकामा मिलाइन्छ ।’यसका अतिरिक्त, नाजुक सामानहरू, स्ट्रोलर, सर्फबोर्ड र स्कीहरू प्रत्यक्ष यात्रुहरूलाई सुरक्षित रूपमा हस्तान्तरण गरिन्छ । विमान अवतरण भएको १५ मिनेटभित्र सामान क्यारोसेलमा पुर्‍याइन्छ, जसले यात्रुहरूको तनावलाई कम गर्न सहयोग गर्दछ । एयरपोर्टका सहायक सिईओ बेनोइट रुलेओलेकाअनुसार कन्साई विमानस्थलका सबैजना यस उपलब्धिमा गर्व गर्छन् ।

प्रविधिमा गरिएको लगानीले विश्वभरि नै हराएको वा ढिलो भएको सामानको संख्या कम गर्न सहयोग पुर्‍याएको छ । यो विमानस्थलले वार्षिक ४० मिलियन यात्रुलाई सेवा दिन सक्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया