Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कांग्रेस महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएका छन्। थापाको यो अभिव्यक्तिले कांग्रेसभित्रको इतर समूहमा हलचल ल्याएको छ। गुरुङ र थापा शेखर कोइराला गुटका भए पनि थापाले गुरुङको नाम जोडेर सार्वजनिक रूपमा बोलेपछि गुटभित्रको शक्ति संघर्ष स्पष्ट भएको छ।

थापाले गुरुङमाथि प्रत्यक्ष कारबाहीको माग नगरे पनि ठगीमा संलग्न भए कारबाही हुनुपर्ने लाक्षणिक रूपमा भनेका छन्। यो घटनाले थापा र गुरुङबीचको सम्बन्धमा रहेका पुराना मतभेदलाई पनि उजागर गरेको छ। विशेषतः २०७९ सालको संसदीय दलको चुनावपछि यी दुई नेताबीचको तिक्तता प्रकट भएको थियो।

थापाले दलको नेताका लागि उम्मेदवारी दिएका बेला गुरुङले शेखर कोइरालालाई समर्थन गरेका थिए। जसले गर्दा थापा र गुरुङबीचको सम्बन्ध अझै चिसिएको थियो। अहिले पनि कांग्रेसभित्र गुरुङ र थापाबीचको दूरी कायम छ, भने थापाले कोइरालालाई कमजोर पार्ने रणनीति अपनाइरहेका छन्।

तपाईको प्रतिक्रिया