Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

भारतको गौनाहा ब्लकको मंगुराहा श्रृंखला बाल्मीकि टाइगर रिजर्भको एक महत्वपूर्ण भाग मानिन्छ । यहाँ रहेको पहाडबाट पण्डई नामक एक नदी निस्कन्छ । यो नदीले जसले सधैँ सुनका साना कणहरू बोकेर जान्छ ।

यसबारे स्थानीय बासिन्दाहरु पनि जानकार छन् । त्यसैले यहाँका मानिसहरु विभिन्न समूहमा विभाजित भएर सुन संकलन गरी आफ्नो दैनिक गुजारा चलाउँदै आएका छन् ।

खोला निकै ठूलो भएकाले कुनै मेसिनको सहयोग विना नै ढुङ्गा र बालुवाबाट सुनको कण निकाल्दै आएका छन् । यसका लागि प्रत्येक समूहले आफ्नै साथमा काठको विशेष प्लेट राख्छन् । सबैभन्दा पहिले पानीमा रहेको ढुङ्गा र ढुङ्गालाई प्लेटको प्रयोग गरेर एकै ठाउँमा जम्मा गरिन्छ ।

त्यसपछि त्यहाँ बालुवा मात्र बाँकी रहन्छ । अब त्यो बालुवा प्लेटमा उठाउँदा त्यसमा रहेको सुनको कण पनि प्लेटमा टाँसिन थाल्छ । माथिबाट हल्का पानी खन्याएर प्लेटबाट बालुवा हटाइन्छ । धेरै हल्का भएकाले सुनको कण प्लेटमा टाँसिन्छ । यसरी यस प्रक्रियाबाट दिनभर कैयौं सुनको धुलो जम्मा हुन्छ ।

दैनिक ३ देखि ४ क्यारेट सुन निकासी
यहाँका स्थानीय बासिन्दाले हरेक दिन बिहान ६ बजेदेखि नै सुन निकाल्ने काम गर्छन् । जुन बेलुका ६ बजेसम्म चल्छ । १२ घण्टाको मिहिनेतका बाबजुद समूहले दैनिक ३ देखि ४ क्यारेट मात्र सुन निकाल्न सफल हुन्छन् ।

खोलाबाट निकालिएको सुन ‘धुलो’ का रुपमा घरमा लगेर भट्टीमा पगालेर ठोसमा परिणत गरी सराफा बजारमा बिक्री गरिन्छ ।

खोलाबाट संकलन भएको सुन उचित मूल्यभन्दा निकै कम मूल्यमा बेचिन्छ । एक रत्ती सुनको ६ सयदेखि ८ सय रुपैयाँ मात्रै पाइने गर्छ । त्यहाँको बगाहा निवासी तथा सुन व्यापारी अनिलका अनुसार एक रत्ती सुन एक सय ६० मिलिग्राम हुन्छ ।

यति धेरै सुनको मूल्य अहिले करीब १२ सय रुपैयाँ रहेको छ । यस्तो अवस्थामा अहिले स्थानीयवासीले पण्डई खोलाबाट संकलन गरेको सुन झण्डै आधा मूल्यमा बेच्ने गरेको बुझ्न सकिन्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया