Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दिपावलीको अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि विशेष रात्रिबजार सुरु हुने भएको छ। वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा आयोजना गरिएको यो रात्रिबजार बिहीबारसम्म सञ्चालन हुनेछ।

प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार रात्रिबजारमा ३० भन्दा बढी स्टलहरू राखिने छन्। जसमा घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरूलाई विशेष प्राथमिकता दिइनेछ। उनले साना उद्यमीहरूलाई प्रोत्साहित गर्न यो रात्रिबजार आयोजना गरिएको बताए। रात्रिबजारमा परम्परागत खानाका परिकारहरूसँगै साना उद्यमीहरूद्वारा उत्पादन भएका वस्तुहरू पनि प्रदर्शनीका लागि राखिनेछन्। यसले स्थानीय रूपमा उत्पादन भएका सामग्रीहरूको बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बजारमा खाना, लत्ताकपडा, कस्मेटिक र भाँडाकुँडालगायतका सामग्रीहरूको पनि स्टलहरू राखिनेछन्। साथै, अध्यक्ष खेतानले कात्तिक १५ गते लक्ष्मीपूजाको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने जानकारी दिएका छन्।

 

 

तपाईको प्रतिक्रिया