Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दाङमा बलात्कार आरोपमा हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। प्युठान बडडाँडाका पचभैयालाई केही दिनअघि भालुवाङमा एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो। उनी वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा राखिएका थिए।

प्रहरीका अनुसार, आज बिहान करिब ५ बजे उनले गन्जी र टिसर्टको पासो बनाएर शौचालयमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।

दशैंको फूलपातीको दिन भालुवाङमा दुई सशस्त्र प्रहरी जवानमाथि दुई बालिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। पचभैया र उनको साथीलाई पक्राउ गरी अनुसन्धान भइरहेको थियो। स्थानीयबासीले आरोपीलाई जोगाउन दबाब दिएको भन्दै १५ दिनसम्म विरोध प्रदर्शन गरेका थिए। जनदबाबपछि मात्रै आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया