Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ११, २०८१
Sunday, October 27, 2024

टोकियो – टोकियोको शिनबाशी क्षेत्रमा रहेको एक ‘गर्ल्स बार’मा कार्यरत महिला कर्मचारी हत्या गरिएको छ । बारमा काम गर्ने १८ वर्षकी युवतीको आइतबार बिहान एक पुरुष ग्राहकले छुरा प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरीकाअनुसार गुनमा प्रिफेक्चरका ४९ वर्षीय हिरोयुकी चिगिराले बारमा कार्यरत युन टानिसावाको घाँटीमा छुरा प्रहार गरेका थिए । घटनापछि बारका व्यवस्थापकले उनलाई समातेर प्रहरीलाई बुझाएका थिए, र प्रहरीले घटनास्थलमै उनलाई पक्राउ गरेको हो ।

घटनामा प्रयोग गरिएको १० सेन्टिमिटर लामो छुरा चिगिराको भएको प्रहरीले बताएको छ । टोकियोकी बासिन्दा टानिसावालाई अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया