Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ११, २०८१
Sunday, October 27, 2024

टोकियो – जापानी मतदाताहरूले आज प्रधानमन्त्री शिगेरु इशिबाको सरकारको भाग्यको फैसला गर्दैछन् । यो चुनावमा उनको गठबन्धन सरकारमाथि संकट मडारिरहेको विश्लेषण गरिएको छ ।

फन्डिङ घोटाला र बढ्दो महँगीलाई लिएर जनता इशिबा नेतृत्वको सरकारप्रति रुष्ट छन् । पछिल्लो स्थितिमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को एक दशकदेखिको प्रभुत्व समाप्त हुने आशङ्का बढ्न थालेका छन् । पछिल्ला जनमत सर्वेक्षणहरूका अनुसार एलडीपी र लामो समयदेखि उसको सत्ता सहयोगी कोमितोले यस चुनावमा हार बेहोर्न सक्नेछन् ।

जापान पछिल्लो समय बढ्दो महँगी र छिमेकी देश चीनसँग बढ्दो तनावपूर्ण सम्बन्धबाट गुज्रिरहेको छ । जनमत सर्वेक्षणको कुरा सत्य साबित भयो भने बहुमत गुम्दा इशिबा सत्ता साझेदारीका साना दलहरूसँग वार्तालाप गर्न बाध्य हुनेछन् ।

साना दलहरूसँग सत्ता बाढ्नुपर्‍यो भने एलडीपीको केही नीतिगत क्षेत्रमा अनिश्चितता आउनेछ । तर अहिलेसम्म कुनै पनि सर्वेक्षणले एलडीपीले सत्ताबाट बाहिरने पूर्वानुमान भने लगाएका छैनन् । चुनावमा एलडीपी विपक्षी दलविरुद्ध सबेभन्दा बलियो प्रतिस्पर्धी हो । इशिबा एक महिना अघि मात्रै जापानको प्रधानमन्त्री बनेका थिए । बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया