Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ११, २०८१
Sunday, October 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धम्कीको भरमा चल्ने गरेको आरोप लगाएका छन्। आइतबार आयोजित एनआरएनए स्थापना दिवसको कार्यक्रममा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको बताएका थिए। शनिबार प्रचण्डले पार्टीको विरोधसभामा हतियार बिसाएको मात्र भए पनि चलाउन बिर्सेका छैनौं भन्ने अभिव्यक्ति दिएका थिए। जसको जवाफमा ओलीले उक्त टिप्पणी गरेका हुन्। ओलीले धम्कीका भरमा देश चल्न नसक्ने भन्दै एकताबद्ध भएर देशको विकासमा ध्यान दिनुपर्ने बताएका छन्।

ओलीले नेपालको विकासका लागि आवश्यक पूर्वाधारहरू तयार भइसकेको र प्रविधिको प्रगतिको साथमा मिलेर काम गरे मुलुकलाई समृद्ध बनाउन सकिने बताए। उनले कुनै दुर्गम जिल्ला बाँकी नरहेको र विकास सम्भव भएको धारणा राखे। गैर आवासीय नेपाली संघ (एनआरएनए)लाई उनले सरकारको कुनै हस्तक्षेप नहुने र स्वतन्त्र रूपले काम गर्न आग्रह गरे। उनले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता पद साझा र गैरराजनीतिक हुनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले एनआरएन अभियानको प्रारम्भिक दिनहरू स्मरण गर्दै संघलाई सरकारको तर्फबाट पूर्ण समर्थन रहेको र आवश्यक सुविधा दिन कुनै कन्जुस्याईँ नगर्ने आश्वासन दिए।

 

 

तपाईको प्रतिक्रिया