समाचार सुन्नुहोस :
काठमाडौँ – सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको ( रास्वपा ) सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पहिलो पटक केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
रास्वपा ले शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा केन्द्रीय समिति बैठक डाकेको छ। यस बैठकका लागि तीन मुख्य एजेन्डाहरू तय गरिएको छ— समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यदिशा र विविध विषयमा छलफल गरिनेछ।
सभापति लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ । लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएको छ।