Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०९, २०८१
Friday, October 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वरिष्ठ पत्रकार किशोर नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको खुलासा गरेका छन्। सामाजिक सञ्जाल एक्समा नियमित रूपमा राजनीतिक टिप्पणी गर्ने नेपालले आज प्रचण्डले केही दिनअघि मात्र शाहसँग भेट गरेको दाबी गरेका हुन्।

नेपालले आफ्नो पोस्टमा जनयुद्धका प्रमुख नेता तथा संघीय गणतन्त्रका पहिलो प्रधानमन्त्री प्रचण्डले पूर्वराजासँग ‘दर्शन भेट’ गरेको जानकारी दिएका छन्। उनले लेखेका छन्, “‘जनयुद्धका चीफ कमाण्डर तथा संघीय गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शन भेट गर्नुभएको खबर धेरैका लागि अविश्वनीय लाग्न सक्दछ । तर, सत्य कहिलेकाहीँ असत्यको आवरणमा रहन पनि सक्दछ ।’”

यस्तै, भोलि काठमाडौंको भृकुटीमण्डपमा माओवादी केन्द्रले आयोजना गर्ने ‘भ्रष्टाचार र बेथिति विरुद्धको विशाल जनप्रदर्शन’ मा प्रचण्डको सचिवालयले सहभागी हुन आह्वान गरिरहेको छ।

 

 

तपाईको प्रतिक्रिया