Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०८, २०८१
Thursday, October 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरेलीको अपेक्षित समर्थन नपाएपछि आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको छ। सहकारी ठगी आरोपमा सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शन गर्दै आएको थियो। अदालतमा मुद्दा चलिरहेका बेला विरोध प्रदर्शनमा अपेक्षित सहभागिता नहुँदा रास्वपा आन्दोलनको स्वरूप फेर्न बाध्य भएको हो।

सहकारी बचत पीडितहरूले पनि रास्वपाको आन्दोलनस्थल नजिकै व्यापक प्रदर्शन सुरु गरेपछि रास्वपाले आफ्नो रणनीति परिवर्तन गरेको छ। अब रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने योजना बनाएको छ।

पोखरेलीहरूको अपेक्षित साथ नपाएको विषयमा भने रास्वपाले ठोस प्रतिक्रिया दिएको छैन। बरु पोखरेलीको नैतिक समर्थन रहेको प्रवक्ता मनिष झाको दाबी छ। सहकारी बचत पीडितहरूको आन्दोलनमा राजनीतिक घुसपैठ हुन सक्ने सम्भावनाका कारण रास्वपाले आन्दोलनको स्वरूप फेरेको प्रवक्ता झाले बताए।

तपाईको प्रतिक्रिया