Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०८, २०८१
Thursday, October 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत प्रयोग गर्ने ४९ उद्योगहरुको बक्यौता तिर्ने समयसीमा कात्तिक ८ गते तोकेको थियो, जुन समयसीमा समाप्त भइसकेको छ। उक्त अवधि भित्र कुनै पनि उद्योगले बक्यौता नतिरेपछि प्राधिकरणले आज मन्त्रीस्तरीय बोर्ड बैठक बोलाएको छ। बैठक बिहान ९ बजेका लागि तय गरिएको छ।

बैठकमा ऊर्जा मन्त्रीको अध्यक्षतामा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका राजस्व सचिव र अन्य सदस्यहरू सहभागी हुनेछन्। बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिवको भूमिकामा रहनेछन्।

प्राधिकरणले दशैंको फूलपातीका दिन २४ असोजमा ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै उनीहरूलाई कात्तिक ८ सम्म बक्यौता रकम बुझाउन अन्तिम चेतावनी दिएको थियो। प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत महसुल नतिर्ने उद्योगहरुलाई पटकपटक ताकेता गर्दै आएको छ तर केही उद्योगीहरुले अझै महसुल नतिरेको हुँदा अब कानुनी प्रक्रिया अघि बढाउने तयारीमा छ।

 

तपाईको प्रतिक्रिया