Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०८, २०८१
Thursday, October 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वाशिंगटन डीसीमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेट गरेका छन्। यस अवसरमा नेपाल र एडिबीबीचको सहकार्यबारे छलफल भएको छ। नेपाली राजदूतावासका अनुसार एडिबीले नेपालको वर्तमान पूँजी र भविष्यका सम्भावनाहरूमा केन्द्रित रहेर छलफल गरेको छ।

उपप्रधानमन्त्री पौडेलले नेपालको विकासमा एडिबीको भूमिकाको प्रशंसा गर्दै हालैको बाढीपहिरोबाट प्रभावित क्षेत्रलाई ३० लाख अमेरिकी डलर अनुदान दिएकोमा आभार प्रकट गरेका छन्। उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको बारेमा पनि जानकारी गराएका छन्।

त्यसपछि, पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग भेट गरी नेपालको विकास प्रयासमा बैंकको सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता प्राप्त गरे। त्यसैगरी, पौडेलले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गरे।

 

 

 

तपाईको प्रतिक्रिया