Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा फैलाइएको आरोप लगाउँदै यसमा विश्वास नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले समसामयिक राजनीति र पार्टीको स्थितिबारे जानकारी गराउँदै, यस्ता हल्लाको कुनै सत्यता नभएको बताएका हुन्।

‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु । यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सो पार्टीको प्रचार विभागले भनेको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेता डा. बेदुराम भुसाल, प्रमेश हमाल, गंगालाल तुलाधर, सरिता भुसाललगायत बागमती प्रदेश कमिटीका सदस्यहरू सहभागी थिए।

तपाईको प्रतिक्रिया