Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीमा करोडौं रकमको अपचलनको मामलामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई व्यक्तिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ। मितेरी सेभिङ एन्ड क्रेडिट को-अपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ अपचलनसम्बन्धी अनुसन्धानमा सीआईबी सक्रिय छ।

सहकारीले पाँच जनाविरुद्ध जाहेरी दिएकोमा ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीको नाममा रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरिएको हो। सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोल शाखाले थप अध्ययन गरी आवश्यक कागजातहरू जुटाएपछि रेड कर्नर नोटिस जारी गर्नेछ।

ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। उनीहरूको सम्बन्धविच्छेद २०७६ सालमा भए पनि धनराजले २०८१ सालसम्म पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको कागजातहरूमा फेला परेको छ।

तपाईको प्रतिक्रिया