Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रले कात्तिक १० गते शनिबार काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने घोषणा गरेको छ। सरकारका गलत निर्णय र आवश्यक कार्यहरूमा ध्यानाकर्षण गराउन यस सभा आयोजना गर्न लागिएको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कमिटीहरूलाई तयारीमा जुट्न निर्देशन दिएका छन्।

माओवादी केन्द्रका अनुसार विपत् व्यवस्थापनमा सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ता व्यक्तिहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माणजस्ता कामहरूमा देखिएका समस्या समाधान गर्न सभा आयोजना गरिने छ।

साथै, प्रचण्डको नेतृत्वमा सुरु भएको सुशासन अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिहरूको विरोध गर्न, सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरूको समस्यामा आवाज उठाउन र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको षड्यन्त्रको पर्दाफास गर्न यो सभा आयोजना गरिने माओवादी केन्द्रले जनाएको छ। सभा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरूको विरोधमा हुनेछ।

 

 

तपाईको प्रतिक्रिया