Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेको लिंक गेटबाट स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। सोमबार साँझ नेपाल भित्रिएका दुईवटा भारतीय नम्बर प्लेटका गाडीहरूमा गरिएको चेकजाँचमा प्रहरीले यो रकम फेला पारेको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा भारतको महाराष्ट्रस्थित राईगट जिल्लाका ३३ वर्षीय सलमान कुरैशी र ३९ वर्षीय उमेश सखराम रहेका छन्। दुईवटा भाडाका गाडी, युपी ४५ एएस ६६६३ र युपी ४२ डीटी ५७२१ मा सलमान र उमेशसहित ६ जना यात्रारत थिए।

चेकजाँचको क्रममा सलमानको झोलाबाट ८ लाख र सखरामको झोलाबाट साढे १२ लाख भारतीय रुपैयाँ बरामद भएको थियो। प्रहरी नायब उपरीक्षक महनमणि अधिकारीका अनुसार पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

 

तपाईको प्रतिक्रिया