Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज २०८१ कात्तिक ६ (अक्टोबर २२, २०२४) मा नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यस अनुसार युरो र पाउन्डको विनिमय दरमा कमी आएको छ भने हङकङ डलरको दर स्थिर रहेको छ।

आज युरोको खरिद दर १४५.६५ रुपियाँ र बिक्री दर १४६.३० रुपियाँ तोकिएको छ, जुन हिजोको तुलनामा केही घटेको हो। हिजोको खरिद दर १४५.८४ रुपियाँ र बिक्री दर १४५.४९ रुपियाँ थियो।

पाउन्डको खरिद दर आज १७४.८६ रुपियाँ र बिक्री दर १७५.६४ रुपियाँ छ, जुन हिजोको दर भन्दा कम छ। हिजो पाउन्डको खरिद दर १७५.१६ रुपियाँ र बिक्री दर १७५.९५ रुपियाँ थियो।

हङकङ डलरको दर भने स्थिर छ, जसमा खरिद दर १७.२७ रुपियाँ र बिक्री दर १७.३५ रुपियाँ नै कायम छ, हिजो पनि यही दरमा कारोबार भएको थियो। त्यस्तै, जापानिज येन १० को खरिद दर ८ दशमलब ९५ रुपियाँ र बिक्रि दर ८ दशमलब ९९ रुपियाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया