Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज ( सोमबार ) बोलाएको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने तय गरिएको बैठक अचानक रद्द भएको हो। एक मन्त्रीका अनुसार बैठक स्थगित गर्ने कारण खुलाइएको छैन।

यस बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा चलेको थियो। प्रधानमन्त्री ओलीले यसअघि नै अध्यादेश ल्याउन प्रयास गरेका थिए। तर सत्तासाझेदार नेपाली कांग्रेसले यसमा असहमति जनाउँदै आएको थियो।

ती मन्त्रीका अनुसार आजको बैठक स्थगित हुनुमा कांग्रेसको अडान नै कारण हुन सक्छ। ओलीले संसद् अधिवेशन नभएको समयमा अध्यादेशमार्फत नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायत साना दलहरू विभाजन गर्ने तयारी गरेका थिए। तर, कांग्रेस सभापति शेरबहादुर देउवाको विरोधपछि ओलीको यो योजना हाललाई स्थगित भएको बताइएको छ।

 

 

तपाईको प्रतिक्रिया