Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्राङ्गणमा निर्माणाधीन साँढेको प्रतिमा अन्तिम चरणमा पुगेको छ। दुई वर्षअघि शिलबन्दी बोलपत्र मार्फत यो परियोजना सुरु गरिएको थियो। नेप्सेले तयार पारेको डिजाइनअनुसार साँढेको प्रतिमा निर्माण भइरहेको छ। जसले विश्वभरका स्टक मार्केटहरूमा चार्जिंग बुल राख्ने परम्परालाई पछ्याएको छ।

यो नेपालमा पहिलो पटक स्टक एक्सचेन्जको प्राङ्गणमा यस्तो प्रतिमा राखिन लागेको हो। यद्यपि केही काम अझै बाँकी रहेकाले उद्घाटनको मिति निर्धारण गरिएको छैन। प्रतिमा ललितपुरको पाटनका कलाकारहरूले निर्माण गर्दैछन्। जसको उचाइ ६ फिट, लम्बाइ ८ फिट र तौल ६ टन हुने छ।

यस परियोजनामा एक करोड ६८ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले प्राविधिक कठिनाइका कारण काममा ढिलाइ भएको बताएका छन्, तर काम असोज महिनाभित्रै सकिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया