Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इजरायलले इरानमाथि ठूलो सैन्य आक्रमणको तयारी गरिरहेको सूचना लीक भएका अमेरिकी दस्ताबेजहरूले पुष्टि गरेका छन्। अमेरिकाको नेशनल जियोस्पेशियल इन्टेलिजेन्स एजेन्सीबाट चुहिएका दुई गोप्य दस्ताबेजहरूमा इजरायली सेनाको सैन्य अभ्यास र इरानविरुद्धको सम्भावित आक्रमणका योजना उल्लेख छन्।

अक्टोबर १५ र १६ मा यी दस्ताबेजहरू टेलिग्राममा इरान समर्थक प्रयोगकर्ताहरूले सार्वजनिक गरेका थिए। ती दस्ताबेजहरूमा इजरायली सेना इरानमाथि प्रतिकारात्मक आक्रमणको तयारी गरिरहेको देखिन्छ।

इजरायल र इरानबीचको तनाव लामो समयदेखि उत्कर्षमा छ। सिरियामा इजरायली आक्रमणमा इरानी कमान्डरको मृत्यु भएपछि इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको थियो। हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्युपछिको आक्रमण पनि दुई देशबीचको तनावको कारण बनेको छ। इजरायलले इरानमाथि बदला लिने धम्की दिँदै आएको छ, र हालका दस्ताबेजहरू यस तयारीको प्रमाण हुन्।

तपाईको प्रतिक्रिया