Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – विश्वकै शक्तिराष्ट्र मानिने अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि अर्को महिना निर्वाचन हुँदै छ । लगभग २४ करोड अमेरिकी जनताले यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्नेछन् ।
राष्ट्रपतिका लागि हुने निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हालकी बहालवला उपराष्ट्रपति कमला ह्यारिस मैदानमा उत्रिएका छन् । यसपटकको निर्वाचनमा रिपब्लिकन पार्टीका ट्रम्प र डेमोक्र्याटिक पार्टीकी कमलाबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरुबीच झिनो मतान्तरले हारजित हुनसक्ने प्रक्षेपण गरिएको छ ।
एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन जस्ता साना राज्यको मत यसपालीको राष्ट्रपतिय निर्वाचनमा निर्णायक हुन सक्ने धेरैको बुझाई रहेको छ ।
चुनावी दौडाहामा रहेका यी दुवैले आफु अमेरिकाको राष्ट्रपति बन्नेमा ढुक्क हुन मतदाताहरुलाई वचन दिईरहेका छन् ।

डेमोक्र्याटिक उम्मेदवार कमलाले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरिसकेको, जसअनुसार आफ्नो स्वास्थ्य एकदम राम्रो र राष्ट्रपति पदका लागि उपयुक्त रहेको बताउँदै रिपब्लिकन उम्मेदवार ट्रम्पलाई पनि स्वास्थ्यको स्थिति सार्बजनिक गर्न चुनौती दिएकीछिन् ।

राष्ट्रपति हुनका लागि स्वास्थ्यको हिसाबले उपयुक्त रहे-नरहेको थाहा पाउने अमेरिकी जनताको अधिकार कुण्ठित नगर्न पनि कमलाले ट्रम्पलाई चेतावनी दिएकीछिन् ।

ट्रम्पले अहिलेसम्म आफ्नो स्वास्थ्यसम्बन्धि विवरण सार्बजनिक गरेका छैनन् । अमेरिकी राष्ट्रिय जनमत सर्वेक्षणहरूले ट्रम्पभन्दा कमलालाई झिनो मतले अगाडि देखाएको बताईएको छ ।

कमला ह्यारिसलाई हालका राष्ट्रपति जो बाइडेन पूर्वराष्ट्रपतिहरु बाराक ओबामा, बिल क्लिन्टन लगायतका नेताहरुको साथ र समर्थन छ । आप्रवासी मामिलामा ट्रम्प कट्टर मानिन्छन् भने कमला नरम मानिन्छन् ।

अमेरिकी अर्थतन्त्रमा सुधार गर्ने चुनौती, वैदेशिक नीति, आप्रवासी मामिला लगायतका मुल मुद्दाहरुका सम्बन्धमा आ-आफ्ना धारणा मार्फत उम्मेदवारद्वय जनमत बटुल्ने अन्तिम कसरतमा देखिन्छन् ।***

तपाईको प्रतिक्रिया